काभ्रेस्थलीको अधिकारी बस्तीमा पहिरो , दुईघर जोखिममा
काभ्रेस्थलीको अधिकारी टोलमा मंगलबार दिउसो पहिरो जाँदा दुईघर जोखिम परेका छन् ।
तारकेश्वर नगरपालिका वडा नं २ को ज्ञानोदय आधारभुत विद्यालय नजिक रहेको केशब प्रसाद अधिकारी र टेकनाथ अधिकारीको घर आडैमा पहिरो जाँदा ती घरहरु अति जोखिममा परको छन् ।
मंगलबार दिउसा १ बजे गएको पहिरोका कारण तारकेश्वर मन्दिर जाने अति छोटो पदमार्गको रूपमा रहेको दलकापचोक र ज्ञानोदय स्कुल हुँदै दलकाप गाउँमा आवतजावत गर्ने मुलबाटोमा सवारी र आवागमन अवरुद्ध भएको छ ।
पहिरो गएसँगै वडा नं २ का अध्यक्ष केसीका साथै नगर उपप्रमुख भवानी डोटेल धिताल, विपद व्यवस्थापन शाखा प्रमुख राजन फुयाँलका साथै सब इञ्जिनीयर पंख शाही, वडा सदस्य अर्जुन भण्डारी ,सञ्जय ढकाल लगायत पुगेर घटनाको जानकारी लिएका छन् ।
हाल कुनैपनि सवारीसाधन आवतजावत गर्नसक्ने अवस्था छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थलीको अधिकारी बस्तीमा पहिरो
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्