Techie IT
शनिबार, वैशाख ५,२०८३

१ वर्षभित्र सडक बालबालिकामुक्त घोषणा गर्ने – मन्त्री गुरुङ


सरकारले १ वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त घोषणा गर्ने तयारी गरिरहेको छ ।

दक्षिण एसियाली राष्ट्रहरूको सहकार्य विषयक वेबिनारमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले यही वर्ष सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरे पनि कोभिड–१९ का कारण पुनः ठूलो संख्यामा बालबालिकाहरू सडकमा देखिने जोखिम रहेको बताए ।

बाढीपहिरो र कोरोनाका कारण धेरै बालबालिका सडकमा देखिने अवस्था सिर्जना भएको छ, त्यसैले तिनलाई पनि व्यवस्थित गर्दै आगामी वर्षभित्र सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी भइरहेको उनको भनाई छ ।’

सरकारले बालबालिकाका समस्या सम्बोधन गर्दै समाधान गर्नका लागि १० वर्षे रणनीतिक योजना बनाएर बालअधिकार प्रवर्द्धन र संरक्षणको प्रयास गरिरहेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सडक बालबालिकामुक्त घोषणा


तपाईको कमेन्ट लेख्नुहोस्