होम आइसोलेसनमा बसेकालाई प्रतिव्यक्ति ५ हजार भत्ता दिने तारकेश्वरको निर्णय

काठमाडौं। तारकेश्वर नगरपालिकाले जनपक्षयइ प्रशंसनीय कदम चालेको छ । नगरपालिकाले कोरोना भाइरसको संक्रमण भएर होम आइसोलेसनमा बसेका नगरवासीलाई प्रतिव्यक्ति ५ हजार भत्ता दिने निर्णय पारित गरेको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले संक्रमितहरुको आधारभूत आवश्यक्ता पूर्ति गर्न राहत स्वरुप ५ हजार रुपैयाँ भत्ता दिने निर्णयका साथै संक्रमित भएकाहरुको परिवारमा मास्क, स्यानीटाइजर लगायत सुरक्षाका सामाग्री समेत पुर्याइदिने निर्णय गरेको छ ।
नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै आफै परीक्षण गराउन एकहजार थान किट किन्ने निर्णय पनि गरेको छ । कोरोना भाइरस संक्रमण बढेसँगै कन्ट्याक्ट ट्रेसिंग गर्दा धेरैजना शंकास्पद बिरामी भेटिने भन्दै नगरले आफै किट व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिव्यक्ति ५ हजार भत्ता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्