सांखुमा १५ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि
शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५ पुगेको छ । उपत्यका विभिन्न ठाउँमा सङ्क्रमितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो रुपमा छ ।
सङ्क्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिनुभयो । यो साता नगरपालिकामा २६२ जनाको पिसिआर परीक्षण गरेको बताउँदै चापागाईंले सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको जानकारी दिनुभयो ।
नगरपालिकाले सङ्क्रमितहरुको उपचारको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालसँग सहकार्य गर्दै आइरहेको छ । नगरपालिकासँगको सहकार्यमा स्वास्थ्यकर्मीहरु नियमित उपचारमा खटिरहनुभएका प्रमुख चापागाईंले बताउनुभयो ।
सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले सेमिलकडाउनको घोषणा गर्दै सवारीसाधन आवतजावत र अनावश्यक हिडँडुल गर्न कडाइ गर्दै आएको छ । –––
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्