Techie IT
शुक्रबार, फागुन २,२०८१

चितवनमा स्वास्थ्यकर्मि सहित २७ जनामा कोरोना संक्रमण


चितवनमा स्वास्थ्यकर्मि सहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला भरतपुर अस्पतालमा शनिबार गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ ।

संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।

भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परिक्षणमा२६ देखि ५३ वर्ष उमेर समूहका पुरुषहरु छन् भने २२ देखि ३९ वर्ष उमेर समूहका महिलाहरु छन् । संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।

चितवन रत्ननगर ५ र १२ का ३ पुरुष र १ महिला गरी ४ जनामा पनि संक्रमण देखिएको हो ।

चितवन रत्ननगर ५ र १२ का ३ पुरुष र १ महिला गरी ४ जनामा पनि संक्रमण देखिएको हो । त्यस्तै सर्लाहीकी २९ वर्षीया एक महिलामा र चितवन खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #chitawan corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545