Techie IT
बुधबार, माघ २९,२०८२

नेपालमा आज थप ५२५ जना नयाँ संक्रमित, मृत्यु हुनेको संख्या ९५


बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ८४ जनाको परीक्षण गर्दा  ५२५ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म कारोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ९३४ जना रहेका छन्।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २४ हजार ९ सय ५७ जना पुगेको छ ।  बुधबार १०९ जना डिस्चार्ज भएका छन् । नेपालमा आज थप ४ जनाको मृत्यु संगै हालसम्म कुल ९५ जनाको मृत्यु भैसकेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्