Techie IT
शुक्रबार, कात्तिक २९,२०८२

हेटौंडामा १० सुरक्षाकर्मी सहित ३७ जनामा कोरोना संक्रमण


हेटौंडा उपमहानगरपालिकाका १८ जना, १० जना प्रहरी सहित मकवानपुरमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितहरुकमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ का ७ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर का १ जना, वडा नम्बर १३ का १ जना गरी १८ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताए।

त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ जनामा संक्रमण देखिएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #hetauda corona


तपाईको कमेन्ट लेख्नुहोस्