Techie IT
मंगलबार, माघ २९,२०८१

प्रतिबन्धित औषधिको प्रयोग गरेको पाइएपछि तिन पाकिस्तानी खेलाडीको पदक खोसियो।


गत बर्ष मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा पाकिस्तानले जितेको तीन वटा पदक खोसिएको छ।तीनै जनाले प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएकाले पदक खोसिएको हो। पदक खोसिएका हरुमा एथ्लेटिक्सअन्तर्गत ११० मिटर हडल्समा स्वर्ण जितेका मोहमद नइम, ४ सय मिटर हडल्समा स्वर्ण जितेका मेहबुब अली र सय मिटरमा कास्य जितेका सामी उलाह हुन्।

तीन जनाले नै शक्तिबद्र्यक प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएकाले पदक खोसिएको हो। ओलम्पिक कमिटीका अनुसार डोपिङमा संलग्न उनीहरुलाई २०१९ डिसेम्बर २ देखि लागू हुने गरी चार वर्षको प्रतिबन्ध लगाइएको छ।

कतारको राजधानी दोहास्थित एन्टी डोपिंङ ल्याबमा परीक्षण गराउदा तीन जना खेलाडीले निषेधित पदार्थ सेवन गरेको पुष्टि भएको थियो तर नियमअनुसार खेलाडीलाई दोस्रो पटक परीक्षण गराउने अवसर दिइएको थियो त्यस्मा पनि डोपिंङ गरेको पुष्टि भएपछि पदक खोसिएको छ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #doping, #pakistani player


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Clear
6:42 am5:53 pm +0545