चितुवाको छालासहित सात पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चाँगुनारायण–८ सुडालस्थित सुरेश कार्कीको घरमा प्रहरीले छापा मार्दा कोठा भाडामा लिई बसेका चार जनालाई कालोमा खैरो र सेतो रङको पाटे चितुवाको सुक्खा छाला एक थान र चोरीकोे मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरुकै बयानअनुसार यसमा संलग्न थप तीन जना सूर्यविनायक–८ दार्जलिङ हाइटबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–५ स्थायी घर भई हाल चाँगुनारायण–८ सुडाल बस्ने १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ, १८ वर्षीय हिमाल लामा, २१ वर्षीय पासाङ तामाङ रहेका छन् । त्यसैगरी पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल गाउँपालिकाका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ दार्जलिङ हाइट बस्ने २२ वर्षीय सञ्जीव सिंजाली मगर, रोशी गापा–१० घर भई सूर्यविनायक बस्ने २४ वर्षीय दिपेश तामाङ र सोही ठाउँका २३ वर्षीय मिलन मगर रहेका छन् । प्रहरीले उनीहरुको साथबाट भक्तपुर नगरपालिका–९ का प्रजु सुवालको चोरी भएको बा ९० प ६५१० नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
त्यस्तै विभिन्न कम्पनीका मोबाइल नौ थान, सवारी चालक अनुमतिपत्र दुई थान, विभिन्न मोटरसाइकलको नम्बर प्लेट चार थान, मोटरसाइकलको लक एक थान बरामद गरेको छ । चितुवाको छालाको गैरकानूनी कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जानकारी दिँदै परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गिरीले थप अनुसन्धानका लागि चितुवाको छालासहित जिल्ला वन कार्यालयको जिम्मा लगाइने जानकारी दिनुभयो । –––
क्याटेगोरी : समाचार
ट्याग : #चितुवाको छाला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्