Techie IT
शुक्रबार, माघ ११,२०८१

विद्युत प्राधिकरण सखुवासभाका ५६ कर्मचारीको कोरोना विमा


नेपाल विद्युत प्राधिकरण संखुवासभामा कार्यरत ५६ जना कर्मचारीको कोरोना विमा गरिएको छ । कोरोना संक्रमणको त्रास बढेपछि प्राधिकरणले जोखिम बहन सम्बन्धि विमा गरेको प्रशासन प्रमुख ग्रिष्म भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार २५ जना स्थायी र ३१ जना ज्यालादारी कर्मचारीको कोरोना विमा गरिएको हो ।

विद्युत प्राधिकरणका शाखा प्रमुख रामअशिष साहलाई सिद्धार्थ ईन्स्योरेन्स लिमिटेडका प्रवन्धक विजया बस्नेतले विमा पोलेसी हस्तान्तरण गर्नुभयो । नेपाल विद्युत प्राधिकरणको संचालक समितिको निर्णय अनुसार सबै कर्मचारीको कोरोना विमा गरिएको प्रमुख साहले बताउनुभयो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545