Techie IT
आईतबार, माघ १३,२०८१

तारकेश्वर मनमैजुमा यसरी मनाइयो गाइजात्रा (फोटोफिचर)


तारकेश्वर, २० साउन । आज गाइजात्रा । देशका विभिन्न स्थानमा एकवर्षभित्र परिवारका सदस्य गुमाएकाहरुले गाइको अवतार बनाएर टोल तथा नगर परिक्रमा गराएका छन् ।
विशेषगरी नेवारी समुदायमा धुमधामका साथ मनाइने गाइजात्रा पर्व तारकेश्वर नगरका विभिन्न स्थानमा मनाइएको छ । गाइजात्राको दिन तारकेश्वरको ऐतिहासिक नेवार बस्ती रहेको मनमैजुमा गाइजात्रा मनाइएको छ । मृतकको परिवारबाट गाईको प्रतिमा निकालिनुका साथै विभिन्न झाँकीहरु पनि प्रदर्शन गरिएको छ ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गाइजात्रा, #मनमैजु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Mist
6:51 am5:40 pm +0545