फरार कैदी पक्राउ
भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । आज पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले २५ वर्षीय उनलाई सार्वजनिक गरेको छ ।
धामी चितवन बस्ने २१ वर्षीय रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेका थिए । सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने उनी विसं २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा निजलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो । उनलाई आजै कारागार पठाइने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कैदी पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्