Techie IT
बिहीबार, फागुन १०,२०८०

ओली – प्रचन्ड बार्ता निष्कर्सबिहिन दुबैजना आ – आफ्नै अडानमा


प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा  पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने मागको अडानमा प्रचन्ड पक्ष देखिएपछि   बालुवाटारमा आज बसेको बैठक अनिश्चित बनेको छ।

लामो समय देखिको आन्तरिक विवाद समाधानका लागी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा संवाद सुरु भएको थियो।

विवाद समाधानको उपाय खोज्नका लागि प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल आईतबार बिहान बालुवाटार पुगेका हुन् । स्थायी समितिको बैठक चलाउन र एउटा सहमतिमा पुगी नेकपालाई अगाडि लैजाने प्रयास अन्तर्गत संवादको थालनी भएको थियो ।

झण्डै ३ घण्टा भएको छलफलमा दुबै अध्यक्षले आफ्ना अडानहरू कायमै राखेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #ओली - प्रचन्ड बार्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:35 am5:59 pm +0545