Techie IT
सोमबार, मंसीर २४,२०८१

संखुवासभाको चिचिलामा शैक्षिक क्षति न्यूनीकरण गरिँदै


लकडाउनका बेला विद्यालय बन्द भएपनि चिचिला गाउँपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि प्रश्नपत्र तयार गरेर विद्यार्थीसम्म पु¥याएको छ । निमित्त प्रमुअ प्रशासकिय अधिकृत बासु कोइरालाका अनुसार सबै विषयको प्रश्न पत्र १० देखि २५ पुर्णाङकको तयार पारिएको छ । यी प्रश्नपत्र विद्यार्थीका घरघरमा लगेर पुस्तकमा खोजेर उत्तर विद्यार्थीले लेख्नु पर्ने उनले बताए ।

गाउँपालिकाको शिक्षा शाखाले विद्यार्थीलाई १० दिनभित्र उत्तर लेख्न लगाउने छ, उनले भने, त्यसपछि फेरी उत्तर संकलन गरिने छ र पठनपाठनमा सक्रिय पारिने छ । चिचिलामा शैक्षिक क्षति न्यूनीकरणको प्रयास स्वरुप प्रधानाध्यापकहरुको बैठकले यस्तो निर्णय गरेको पनि कोइरालाले बताए । यसले त्यसै घरमा बसेका विद्यार्थीहरु पढाईमा सक्रिय ुहन् आशा गाउँपालिकाले लिएको पनि उनले बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
12°
Mist
6:41 am5:10 pm +0545