नेकपा भित्र देखा परेका समस्या र समाधानका लागी शुदुर पश्चिमका नेताहरुको भेला

काठमाडौ । नेकपा भित्र देखा परेका समस्या र समाधानका विषया गम्भीर छलफल सहित पार्टीलाई थप शसक्त ,बलियो बनाउन पार्टी नेता कार्यकर्ताहरुले आआफ्नो ठाउबाट नेतृत्वलाई सकारात्मक दवाव दिन सुदुर पश्चिमका नेताहरु एकिकृत भएका छन ।
सो भेलामा नेपाल कम्युनिस्ट पार्टी स्थाई समिति सदस्य एवम् नेपाल सरकारका उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सूदुरपस्चिम प्रदेश कमिटी अध्यक्ष एवम पुर्ब मन्त्री कर्ण थापा,प्रदेश कमिटीका सह इन्चार्ज एवम् पुर्ब मन्त्री भानुभक्त जोशी सुदुर पश्चिमाञ्चम क्षेत्रबाट प्रतिनिधित्व गर्ने माननीयहरु,पार्टी केन्द्रीय सदस्यहरु, प्रदेश सरकारका आर्थिक मामिला मन्त्री झपट बोहोरा,काठमाडौमा उपलब्ध प्रदेश समितिका सदस्यहरु पार्टीका जनबर्गिय मोर्चाका प्रतिनिधिको समेत उपस्थिति रहेको अनेरास्वूयुका नेता डि.बि साउदले बताए ।
सो भेलामा सूदुरपश्चिमका विभिन्न क्षेत्रमा बाढिपहिरो बाट भएको जनधनको क्षती ,जनजीवनमा परेको प्रभाव,कोभिड (१९ को नियन्त्रण र यसबाट बच्नका लागि अपनाउननु पर्ने सावधानी लगायतका विषयमा छलफल सहित नेताहरुले छलफलमा आआफ्ना सुझाव सहितका धारणा राखेका बताइएको छ।
माननीय उधोग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सूदुरपश्चिमका विभिन्न जिल्लामा बाडी पहिरोको कारणले जनजीवनमा पारेको प्रभाव त्यसलाई न्यूनीकरण गर्न क्षेती हुनबाट जोगाउन आम नेता कार्यकत्रालाई उद्दारमा जुट्न निर्देशन दिनु भो,आजबिहान मात्रै ९ वटै जिल्लाका सिडियोहरु संग कुरा गर्दै उद्धारमा जुट्न आवस्यक जनशक्ति परिचालन गरि राहतको ब्यवस्थापन गर्न जिल्ला प्रशासन प्रमुखहरुलाई निर्देशन दिएको र गृहमन्त्रीलाई भेटी आवश्यक योजना बनाउनु छलफल गरेको जानकारी सहित सम्पुर्ण जनप्रतिनिधि हरुलाई प्रभावित क्षेत्रमा जान र आवश्यकता जनशक्ति परिचालन गरि कोडिनेशन गर्न माननीय मन्त्री ज्योले निर्देशन दिनुभएको छ ।
साथै अहिले पार्टीमा देखा परेका समस्या समाधान गर्ने र नेतृत्वलाई सहि सुझाव दिन र पार्टीमा देखा परेका समस्याहरुलाई हल गर्ने,पार्टी एकता पनि पुर्ण रुपमा टुंगि नसकेको फुटमा हैन जुटमा नै बल रहेको आम जनता नेता कार्यकताको चाहान पनि सिङो पार्टी एकताबद्ध भएको देख्न चाहेको यसमा नै सम्पुर्ण नेता कार्यकताको भबिस्य रहेको ,सहमतिका आधारमा अध्यक्ष द्वयले सबै भन्दा बढी जिम्मेवारी लिनुपर्ने अहिले पार्टी अल्पमत र बहुमतका आधारमा होहिन सहमतिका आधारमा अघि बढ्न र यहि म्याण्डेड अनुरुप एकताको महादिबेशन सम्म दुई अध्यक्षको सहमती र आवश्यक छलफल गरि अघि बढ्नु पर्ने म्याडेड दिएको, फुट हैन एकतामा नै सबैको भबिस्य रहेको यसको लागि आफू निरन्तरता लागि रहेको आफू गुट हैन एकताको पक्षमा रहेको जानकारी दिनुभयो।
साथै उक्त छलफल मा प्रदेश अध्यक्ष ,सह इन्चार्जकमरेड पनि यहि स्पिरड आफ्ना धारणा सहित निर्देश दिनुभको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #शुदुर पश्चिमका नेताहरुको भेला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्