Techie IT
सोमबार, फागुन १४,२०८०

निर्मला हत्याकाण्ड प्रकरणमा आरोप लागेका तत्कालिन प्रहरी उपरीक्षक विष्ट सहित ८ प्रहरीलाई सफाई


कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको   बलत्कार तथा हत्या काण्डको छानविनको क्रममा मुद्दा लागेका तत्कालिन प्रहरी उपरीक्षक डिल्ली विष्ट सहित आठ जना प्रहरीलाई जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाको इजलासले सफाई दिएको हो।

अदालतका स्रेस्तेदार यदु शर्माका अनुसार यातना दिएको कुनै प्रमाण फेला नपरेको, स्वास्थ्य जाँच प्रतिवदेनमा पनि त्यस्तो नदेखिएको र प्रमाण नस्ट गर्नु पर्ने कारण नदेखिएकोले अदालतले सफाई दिएको हो।

यातना दिएको भन्दै दिलिप विष्टका दाजु खडकराज विष्टले उजुरी दिएका थिए भने प्रमाण नष्ट गरेको आरोपमा निर्मलाकी आमा दुर्गादेवी पन्तले उजुरी दिएकी थिइन्।


क्याटेगोरी : समाचार
ट्याग : #nirmala panta rape and murder case


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mist
6:31 am6:01 pm +0545