Techie IT
बिहीबार, फागुन १०,२०८०

सुन प्रकरणमा प्रहरीले गरेको गम्भिर लापरबाहीले घटनालाई थप संकास्पद बनायो


काठमाडौं,  प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर लापरबाही देखिए पछि ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मनोज यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

घटनास्थलसमेत परिवर्तन गरेर माथिल्लो निकायलाई गुमराहमा राखेको पाइएको छ । यसमा उनी एक्लै संलग्न हुन् वा अन्य पनि छन् भन्ने विषय खुलिनसकेको कुरा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालले बताउनु भएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलनमा कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको उल्लेख गरेका थिए।

तर, छानविन समितिले हेरेको त्यसक्षेत्रको सीसी क्यामृेरा फुटेजमा त्यहाँ प्रहरीले बताएअनुसारको घटनाक्रम देखिएको छैन । न त त्यसक्षेत्रका सर्वसाधारणलाई घटनाबारे जानकारी नभएको ख्ल्न आएको छ । बरु केहीसँग लिइएको बयानबाट घटनास्थल सुन्धारा हुनसक्ने देखिएको छ ।
सुन्धारा दरबारमार्ग प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन । डीएसपी दाहालले सुन्धारा पुगेर अपरेशन गर्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवालीलाई त्यसबारे जानकारी दिएको नपाइएको स्रोतले बतायो ।

एसएसपी ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमै गाडीबाट फ्याँकिएको झोलामा १५ किलो सुन जस्तो देखिने धातु बरामद भएको भनाइ थियो । बरामद धातु परीक्षणपछि साढे १४ किलो चाँदी र आधा किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

समितिका एक अधिकृतले अभियुक्त र सवारीसाधन नसमातिँदै पत्रकार सम्मेलन गरेर गाडी नम्बर सार्वजनिक गर्दा आरोपितले भाग्ने मौका पाएको बताए । घटनालगत्तै दिइएको सवारीसाधनको नम्बर पनि गलत रहेको पाइएको, थापाथलीस्थित ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको नम्बर बा ६ च ५५११ थियो । जबकी, त्यो नम्बरको गाडी कैलालीमा रहेको व्यक्तिको भएको पाइएको यातायात व्यवस्था कार्यालयको रेकर्डले देखाएको थियो ।

पछि ५५१९ नम्बरको गाडी बाराका एक व्यक्तिको भएको पाइएको थियो र त्यसबाट थप अनुसन्धान सुरु भएको थियो । गाडीबारे नाकामा कार्यरत प्रहरी अधिकृतलाई पनि ढिलो गरी मात्र रिपोर्टिङ भएको पाइएको छ । यसमा प्रहरीले गरेको गम्भिर लापरबाहीेले घटनालाई थप संकास्पद बनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #gold


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:35 am5:59 pm +0545