Techie IT
आईतबार, माघ १३,२०८१

नेकपा संखुवासभाका १० कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संखुवासभा सदस्य राजन कोइराला र तेन्डी शेर्पालगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसका महामन्त्री शशांक कोइरालाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । महाराजगन्जस्थित कोइराला निवासमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले उनीहरुलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।

कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसको आदर्श र सिद्धान्त स्वीकार गर्ने सबैलाई कांग्रेसको ढोका खुला रहेको बताए ।

सुनील थापालाई सह-महामन्त्री दिएर कांग्रेसमा ल्याउने सन्दर्भमा महामन्त्री कोइरालाले भने, “पञ्चायत छाडेर सूर्यबहादुर थापा नै कांग्रेसमा आउँदा बीपीले पनि पार्टीमा स्वागत गर्नुहुन्थ्यो ।” राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मान्ने सबै नेपाली कांग्रेस हुन सक्ने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
10°
Mist
6:51 am5:40 pm +0545