Techie IT
मंगलबार, माघ २९,२०८१

निर्माण व्यवसायी संघद्वारा पहिरो पीडितलाई ५० हजार सहयोग

खाँदबारी ३ का झमक र दुर्गाको पनि २४ हजार सहयोग


नेपाल निर्माण व्यवसायी संघ संखुवासभाले पहिरो पीडितका लागि ५० हजार ५० रुपैयाँ सहयोग गरेका छन् । जिल्ला समन्वय समिति संखुवासभा मार्फत पहिरो पीडितलाई संघले नगद सहयोग गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलाई मंगलबार संघका अध्यक्ष कुलबहादुर श्रेष्ठ, महासचिव मिगुर शेर्पा र कोषाध्यक्ष सुवर्ण शाक्य लगायतका व्यवसायीले हस्तान्तरण गर्नुभयो । विपतका बेला संघले गरेको सहयोगले पीडितलाई राहत मिल्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सिलिचोङ गाउँपालिका १ बेसिन्दा पहिरो पीडितलाई मध्यनजर गरेर नगदै जिल्ला समन्वय प्रमुखलाई हस्तान्तरण गरिएको महासचिव शेर्पाले बताउनुभयो ।
समन्वय समितिका प्रमख शाक्यले सहयोग प्राप्त रकम सिलिचोङका विपत व्यवस्थापन समितिसंग छलफल गरेर पीडित सम्म पु¥याउने प्रतिवद्धता जनाउनुभयो । असार २८ मा गएको परिरोले संखुवासभाको सिलिचोङ गाउँपालिका १ बेसिन्दामा ११ जना बेपत्ता भएका छन् । ९ घर पहिरोले बगाएको थियो ।
त्यस्तै, खाँदबारी नगरपालिका ३ मंगलादेवी थानका झमक खड्का र दुर्गा खड्काले पनि सिलिचोङ पहिरो पीडितका लागि २४ हजार सहयोग गरेका छन् । साउदी अरबबाट झमक खड्काले पठाउनुभएको रकम उँहाका श्रीमती दुर्गाले जिल्ला समन्वय समितिका प्रमुख शाक्यलाई बुधबार हस्तान्तरण गर्नुभयो । यो सहयोगले पीडितलाई सहयोग पुग्ने उँहाले बताउनुभयो ।

राहत सङ्कलनमा जुट्दै स्थानीय

सिलिचोङ गाउँपालिकाको बेसिन्दामा पहिरोले ९ घर बगाएसँगै त्यहाँ रहेका ८६ घरलाई बालाको बुधबारे बजारमा सारिएको छ । सारिएका ३ सय ४९ जनालाई खाना तथा अन्य आवश्यक वस्तुको लागि राहत सङ्कलनमा विभिन्न सङ्घ–संस्था जुटेका छन् । सिलिचोङ गाउँपालिका–काठमाडौं समन्वय समितिले राहत सङ्कलन अभियान नै थालेको छ ।

विभिन्न देशमा रहेका नेपाली नागरिकहरूबाट स्वेच्छिक सहयोग सङ्कलन तीव्र भएको छ । फेसबुक लगायत सामाजिक सञ्जालमार्फत् पहिरो पीडितका लागि राहत सङ्कलन हुन थालेको हो । सिलिचोङ–काठमाडौं समन्वय समितिका अध्यक्ष संयोगान्त कुलुङका अनुसार समितिमार्फत् हालसम्म एक लाख भन्दा बढी राहत रकम सङ्कलन भइसकेको छ । जिल्ला समन्वय समितिमार्फत् पनि विभिन्न सङ्घ–संस्थाले राहत सामग्री उपलब्ध गराएका छन् । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यका अनुसार जिल्लामा क्रियाशील सङ्घ–संस्थाहरूले राहत दिएका हुन् । शाक्यले पहिरो पीडितलाई राखिएको बुधबारेसम्म चाँडो राहत पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Clear
6:42 am5:53 pm +0545