गथांमुग : टोखा विशेष नेवार समुदायको पर्व
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन काठमाडौं उपत्यकाका नेवाः समुदायले गथांमुगः पर्व मनाउने गर्दछन् । नेवाः समुदाय भौगोलिक रुपमा देशका विभिन्न स्थानमा छरिएर रहेका छन् । परम्परा र संस्कृति रीतिरिवाज एकै भए पनि आफ्नो भूगोल अनुसार आफ्नै मौलिकता अनुसार चाडपर्वहरु मनाउने गर्दछ । यद्यपी तिनीहरुमा केही कुराहरु भने सामान्य नै रहन्छ ।
गथांमुगःलाई सरसफाई गर्ने पर्वको रुपमा समेत लिने गरिन्छ । असारको प्रदुषण, कामको व्यस्तताले घरमा फोहोर जम्मा हुने हुँदा असारको व्यस्तता पछि ती सबै फोहोर हटाउने कार्यका लागि यो पर्व महत्वपूर्ण छ । गथांमुगःसंग नेवाः समुदायमा चाडपर्वहरुको आगमन सुरु हुने गर्दछ ।
गथांमुगः लाई टोखामा भूत धपाउने चाडका रुपमा मनाईन्छ । टोखाको थने लाछीमा रहेको नारायण मन्दिर परिसरमा गथांमुगः तयार गर्दछ र यहीबाट गथांमुगःलाई बिसर्जन गर्नका लागि विशेष यात्रा सुरु हुने गर्दछ ।

तलेजु गुठी अर्थात टोखा देय नायोको नेतृत्वमा गथांमुगः बनाउनका लागि छ्वाली तथा पराल संकलन गरी खड्गी जातिलाई दिइन्छ र कुस्लेले बाँधी गथांमुगःको रुपमा तयार गर्छन् । गथांमुगः तयार गरिसकेपछि त्यसलाई दबुःमा राखिन्छ विधिवत रुपमा सिस्नुले पिटेर आगो दिई गुठीका एक व्यक्तिले तान्छन् । यसक्रममा थनेलाछि र क्वोने लाछिका समूह वीच गथांमुगः तानातान गर्ने रमाइलो परम्परा पनि छ । यसरी तान्दा सर्वप्रथम थनेलाछिका समुहले तानेर कुदाउ छ जहाँसम्म उनीहरुले लान सक्छ त्यहाँसम्म लागेर फालिदिन्छ । उता क्वोने लाछिका समूहले तानेर मूल बस्तीको दक्षिणपट्टि अवस्थित विसिंगालमा रहेको गथांमुगःगाःमा ल्याइ विसर्जन गरी दहन गरिन्छ ।
यसरी गथांमुगःलाई तानेर दहन गर्ने कार्यसम्पन्न भए पछि यता घरघरमा पूजा गरी भूत धपाउने काम सुरु हुन्छ । घरमा दुई मुठा छ्वाली बालेर घरको प्रत्येक चोटा कोठा घुमाई भूत धपाउने गरिन्छ । कर्कलो, सिस्नु, उनिउँ, धसिकठी आदि वनस्पती समेत मिलाएर बाँधिएका छ्वालीका यी दुई मुठा मध्ये एउटा ढोका अगाडिको कुमार देउतामा राखिन्छ । अर्को चाहिं बालिएको सुकुन्दा हँसियामा समेत सँगै लगेर छ्वासेमा फ्याकिन्छ । छ्वासेमा जानेहरु वरिपरि बसेर सुकुन्दाबाट निस्केको ज्वालामा हँसिया थापि आँखामा लगाउने गाजल तयार गर्छन् । यसरी तयार गरिएको गाजल घरका अधिकांशले लगाउँछन् । गाजल लगाउँदा आँखा नदुख्ने विश्वास पनि गरिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गथांमुगः, #टोखा विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्