काठमाडौंमा महिलाले लुटे दुई बालिकाको कानका मुन्द्रा
काठमाडौं । काठमाडौंमा दिउँसै दुई बालिकाले कानमा लगाएको करिब एक तोला सुनको मुन्द्रा लुटिएको छ ।
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राइभिङ सेन्टर नजिकबाट दुबै बालिकाको कानबाट मुन्द्रा शनिबार दिउँसो लुटिएको हो ।
अन्दाजी ३५ वर्षीय महिलाले उनीहरुको सुन लुटेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती महिलाले बालिकाहरूलाई फकाएर गल्लीमा लगेर मुन्द्रा झिकेर भागेकी थिइन् । ती महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बालिकाको कानका मुन्द्रा






तपाईको कमेन्ट लेख्नुहोस्