तारकेश्वरमा चोरको आशंकामा कुटपिट गर्न थालेपछि एकजना व्यक्तिको मृत्यु
काठमाडौ । तारकेश्वर वडा नं. ५ स्थित गोलढुंगामा गएराती १२ः३० बजे एक युवाको हत्या भएको छ । रसुवा स्थायी घर भई कपुरधारा बस्दै आएका २४ वर्षे खिरिङ तामाङको स्थानीयले चोरी गर्न आएको व्यक्ति ठानेर सर्वसाधारणले कुटपिट गर्न थालेपछि हत्या गरेका छन् ।
साथीको घरमा पाहुना लाग्न गएका खिरिङ तामाङले स्थानीय कृष्ण श्रेष्ठको कुकुरलाई ढुंगाले हानेको निउँमा स्थानीयहरु ढुंगाले हानेको बताइएको छ ।
पछि उनीहरु भागेपछि चोर, चोर भन्दै कराएपछि सर्वसाधारणले उनलाई ढुंगा हानेको पाइएको प्रहरीले जनाएको छ । बालाजुका डीएसपी रंजितसिंह राठौरले बताएअनुसार उनको टाउकोमा चोट लागेको छ।
गोलढुंगाका स्थानीय बासीलाई बालाजु प्रहरिले समातेर अनुसन्धानका लागि प्रहरि कार्यालय बालाजु वृतमा राखेको छ ।
गाउँलेहरुले चोरको आशंकामा कुटपिट गर्न थालेपछि मारेको बुझिएको छ । मृतकको साथी एक जना घाइते भएका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार मध्यराति दुईजना मादक पदार्थ सेवन गरेर गएपछि एक घरको कुकुर भुकेको थियो । त्यसक्रममा उनीहरुले पनि होल्ला गर्न थालेपछि परिवारका व्यक्ति पनि बाहिर निस्किएका थिए । र, विवाद बढेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कुटपिट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्