Techie IT
शुक्रबार, जेठ ३,२०८२

मनकामना धाममा रहेको गुरुकुलमा पहिरोले क्षति

खाँदबारी ९ मा रहेको मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय तुम्लिङटारले गर्यो सहयोग


खाँदबारी – खाँदबारी –९ को मनकामना धाममा रहेको श्रीहरि अध्यामिक गुरुकुलको छात्रबासमा गत २८ गते विहान आएको पहिरोले क्षति पुर्याएको छ । छात्रबासको २ सय मिटर माथि बाट आएको पहिरोले मन्दिर परिसमा समेत क्षति पुर्याउनु को साथै गुरुकुलका ३० जना विद्यार्थी र २ जना शिक्षक बस्ने छात्रबासमा बाढी पसेर सबै कोठाहरु हिलोले भरिएका छन् । २८ गते आएको बाढीले छात्रबास भित्रका खाद्यान्न तथा लत्ताकपडामा हिलोले पुरिएका छन् । गुरुकुल विद्यालयमा अहिले विभिन्न जिल्लाका ३० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

कुनै मानविय क्षति नभएता पनि विद्यार्थीको बासस्थान र खाद्यान्नमा संकट देखा परेको छ । बाढीले छात्रबास पुरिएपछि त्यहाँ रहेका विद्यार्थी र शिक्षक विद्यालयको एउटा कोठामा बस्न बाध्य भएका छन् । २८/३० जना विद्यार्थी शिक्षकहरु एउटै कोठामा बस्नु पर्दा निकै असहज भएको विद्यालयका आचार्य लक्षमण पोखेरलेले बताउनु भयो । गुरुकुलको अवस्था देखेर  नजिकै रहेको अर्को विद्यालय मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुबेर प्रसाद भेटुवाल आफ्नो विद्यालयमा रहेको किवानिज क्लव तुम्लिङटार मार्फत छात्रबासको बाढी पन्छाउने काम र तत्कालका लागि राहत स्वरुप ५ हजार प्रदान गरिएको प्रअ भेटुवालले बताउनु भयो ।

गुरुकुल ब्यवस्थापन समितीका अध्यक्ष देबेन्द्र घिमिरे गुरुकुलमा रहेका विद्यार्थीहरु पहिरोका कारण विचल्लीमा परेको बताउनु भयो । बाढीका कारण उनीहरुलाई अप्ठयारो परेको उहाँको भनाइ छ । बाढीले कक्षाकोठा पुरिएपछि विद्यार्थीहरुलाई अहिले एउटै कोठामा कोचेर राख्नु परेको गुनासो गर्नु भयो । गुरुकुलका आचार्य र विद्यार्थीहरुले अहिले खाने, बस्ने र पढ्ने एउटै कोठामा गर्नु परेको दुखेसोे पोखे ।

यस्तो विपदको बेला सरोकारवाला निकायहरुको ध्यान नपुगेको देख्दा दुखलागेको समाजसेवा तथा पत्रकार जीवनाथ खनालले बताउनु भयो । गुरुकुल विद्यालयलाई सरकारले २०७२ सालमा अनुमति दिएर पनि उचित ब्यवस्थापन गर्ने नसक्दा खल्लो लागेको पत्रकार खनाल बताउनु हुन्छ । यस विपदको घडीमा सहयोगको पर्खाइमा रहेको आचार्य लक्षमण  पोख्रेलले बताउनु भयो । तुम्लिङटार किवानिज क्लवको तर्फ बाट तत्काल गरिएको सहयोग प्रति गुरुकुलका पोख्रलले आभार प्रकट गर्नु भयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:12 am6:47 pm +0545