शिलिचोङ पहिरो बिस्थापितका लागि बराह दल गुल्मका सेनाले बनायो अस्थायी बासस्थान

संखुवासभाको शिलिचोङ्ग १ को बेसिन्दामा असार २७ गते राति पहिरो जाँदा बिस्थापीत भएकालाई अस्थायी बसोबासको ब्यवस्था गर्न शिलिचोङ्गको बुधबारे बजारमा टेन्ट निर्माण कार्य शुरु गरिएको छ । सेनाको बराहदल गुल्मले टेन्ट र शौचालय निर्माण गरेको हो ।
पहिरोमा ११ जना बेपत्ता भएका छन् भने बेपत्ताको खोजिमा खटिएका १ जनाको ज्यान समेत गएको थियो । पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका बिस्थापीत ८२ घरका ३ सय ८० जनालाई लाई अस्थायी बसोबासका लागि सिसुवाको बुधबारे बजारमा बराहदल गुल्मका सेनाले टेन्ट निर्माण गरेको हो ।
टेन्ट निर्माण गरिएसंगै बिस्थापीत भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको ब्यवस्था मिलाउने र थप राहत र उद्धारका कार्यलाई प्रभावकारी र सहज बनाउन बुधबारेमा ब्यवस्थापन गर्न लागिएको शिलिचोङ्ग गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले जानकारी दिए । उनले बिस्थापीतको उचित ब्यवस्थापनका लागि गाउँपालिकाले सकेको भुमिका निर्वाह गर्न बिभिन्न तैयारी गरिरहेको बताए । अझै पनि मौसममा सुधार आईनसकेको र थप जोखिमको डर कायमै भएकाले पहिरोको जोखिममा रहेको बेसिन्दाका बासिन्दालाई धेर्यता नगुमाउन र सतेच अवस्थामा रहन आग्रह गर्नूभएको छ ।
टेन्ट निर्माणको कार्यमा राजनितिक दलका प्रतिनिधी, स्थानीय प्रसासन, जिल्ला स्थीत शुरक्षा निकाय, नागरिक समाजको उल्लेख्य सहभागिता रहेको स्थानीय संयोगान्त कुलुङ्ले जानकारी दिए ।
अस्थायी बसोबासका लागि तैयार गरिएको टेन्टमा ट्वाईलेट, खानेपानी र बिजुली बत्ति जडानका लागि पहल भैरहेको उनको भनाई छ । असार २७ गतेको पहिरोमा हराईरहेका ११ जनाको खोजबिन जारी रहेपनि हालसम्म उनिहरुको अवस्था पत्ता लाग्न नसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।
अहिले त्यस क्षेत्रमा प्रदेश सरकार र पुर्व राज्यमन्त्री दिपक खड्काले मंगलबार बितरण गरेको खाद्यान्नको भरमा बिस्थापीतले दैनीक गुजारा गरिरहेको स्थानीय संचारकर्मी खेवाहाङ मेवाहाङ्ले जानकारी दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्