Techie IT
बुधबार, चैत्र ५,२०८१

ओलीको स्वीस बैंकमा खाता शतप्रतिशत गलत र कपोलकल्पित : सूर्य थापा


काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् ।  थापाले प्रेस वक्तव्य जारीगर्दै प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५‍.५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको दाबी गरेका हुन् ।

प्रेस वक्तव्यमा थापाले भनेका छन्, ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील वेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्व रहेको प्रष्ट नै छ ।’


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Haze
6:07 am6:15 pm +0545