लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि
महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो ।
नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याउनुभएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताउनुभयो । सो फार्मेसीमा कार्यारत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उहाँहरुको रिपोट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिनुभयो
। श्रेष्ठलगायत उहाँका नाती र बुहारी भने हाल होम क्वारेन्टाइनमा हुनुहुन्छ । फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार गराइरनुभएको छ । सो वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्काेको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यसका अलवा वडा नं ६ सिद्धिपुरका तीन, वडा नं १ र वडा नं ४ इमाडोलका एक÷एक गरी अन्य पाँच जनासमेत कोरोना पोजेटिभ देखिएको छ, नगरपालिकाभित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएका छन् ।” यी सङ्क्रमितको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
लुभूका यी १२ व्यक्तिमा एकैदिन यही असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना पुष्टि
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्