खाँदबारीका नब्बे बर्षिया सितादेवीद्वारा बिपन्न परिवारलाई चामल प्रदान
कोभिड १९ का कारण समस्यामा परेका बिपन्न परिवारलाई राहत उपलब्ध गराउनका लागि खाँदबारी १ का सीतादेवी बज्राचार्य र वहाँका परिवारले १० बोरा चामल उपलब्ध गराउनुभएको छ ।
यो महामारीको घडिमा समस्यामा परेका परिवारका लागि आफ्नो परिवारका तर्फबाट १० बोरा चामल उपलब्ध गराएर सामाजिक दायित्व पुरा गरेको ९० बर्षिया सीतादेवी बज्राचार्यले बताउनु भयो । वहाँले सवैले यो समयमा अप्ठेरो अवस्थामा रहेका बिपन्न परिवारलाई सहयोग गर्न सकिए महामारिको अवस्थालाई टार्न ठुलो राहत पुग्ने धारणा राख्नुभयो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष निरन्जन श्रेष्ठले सितादेवी बज्राचार्यको परिवारलाई धन्यबाद प्रकट गरेका थिए । अध्यक्ष श्रेष्ठले राहत स्वरुप प्राप्त १० बोरा चामल चाँडैनै बिपन्न परिवारलाई बितरण गरिने बताउनु भएको थियो ।
लामो समय देखिको लकडाउनका कारण जनजिवन अस्तब्यस्त बनेपछि शुरु गरिएको राहत बितरण अहिले ठप्प हुँदा बिपन्न परिवार थप समस्यामा पर्न थालेका छन् । बिश्वभर नै आतंङ्क मच्चाईरहेको कोरोना भाईरसको प्रकोपले पछिल्लो दिन झन बिकराल रुप लिन थालेपछि अहिले देशका ७७ जिल्ला प्रसासनले थप कडाई शुरु गरेको छ । माक्स नलगाई जथाभावी हिँडडुल गर्नेलाई पक्राउ गर्ने, जरिवाना तिराउने कार्य शूरु गरिएको जनाईएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्