संखुवासभाको चैनपुरमा शिक्षक समुदायमा
लामो समयदेखि मुलुक लकडाउन भएसँगै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई टोल वस्तीमै पुगेर शिक्षक विद्यार्थी समुदाय संचालन गर्ने गरी सरस्वती माध्यमिक विद्यालय चैनपुरले आषाढको अन्तिम हप्ताबाट शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।
चैनपुर नगरपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरुको भेलाले नगर क्षेत्रका विद्यालयहरु लामो समयदेखि लकडाउनका कारण पठन पाठन ठप्प भइरहेको अवस्थामा सरस्वती माध्यमिक विद्यालय चैनपुरले विद्यालय सेवा क्षेत्र भित्रका ११ वटा टोल विभाजन गरेर विद्यालयका सम्पूर्ण शिक्षकहरु टोल वस्तीमै पुगेर शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउने तयारी गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्दमान तामाङले जानकारी दिनुभयो । प्र.अ. तामाङका अनुसार आषाढ २९ गतेदेखि टोल वस्तीसम्म पुगेर शिक्षकहरुले सम्पूर्ण विषयको एकमुष्ट प्रश्नपत्र निर्माण गरेर सहजिकरण गर्ने गरी बालबालिकाहरुलाई स्वअध्ययन गर्न प्रोत्साहन पुर्र्याउने उदेश्यले विद्यालयले यस किसिमको शिक्षण क्रियाकलापलाई अगाडि बढाएको समेत बताउनु भयो ।
यस अघि सरकारले टीभी¸ रेडियो¸ अनलाइनबाट शिक्षण क्रियाकलाप स्थानीय सरकारहरुको अगुवाइमा भएपनि दुरदराजमा रहेका विद्यार्थीहरु प्रविधिको पहुँचसँग टाढा रहका हुँदा यस किसिमको समुदायमा शिक्षक कार्यक्रम अगाडि बढाइएको समेत प्रअ तामाङले बताउनु भयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्