टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि एभिन्यूजको पूर्वकर्मचारी आन्दोलित

एभिन्यूज खबर टेलिभिजन स्थापनाकालदेखि नै कर्मचारीलाई पारिश्रामिक दिने विषयमा बदनाम हुँदै आएको टेलिभिजन हो । जुन टेलिभिजनले जागिर छोडेर जानेहरुलाई पनि पारिश्रमिकको विषयमा सधै लफडा गर्दै आइरहेको छ । टेलिभिजन छोडेका कतिपयले ५/६ वर्ष बित्दा पनि आफुले पाउनु पर्ने बक्यौता रकम पाउन सकेका छैनन् ।
तर यसपटक भने टेलिभिजन छोडेका पूर्वकर्मचारी संगठित भई आफुले पाउनु पर्ने पारिश्रमिक जसरी पनि लिने भन्दै नेपाल पत्रकार महासंघ पुगेका छन् । आज विहानै भृकुटीमण्डपमा भेला भई उनीहरुले आफुले पाउन बाँकी तलब उल्लेख गर्दै हस्ताक्षर सहित महासंघमा उजुरी गरे । एभिन्यूज छोडेका करिब डेढ दर्जनले आफुहरुले काम छोडेको लामो समय बित्दा पनि पारिश्रमिक पाउन नसकेको गुनासो गरे । एभिन्यूज प्रशासनमा पारिश्रमिकका लागी फोन गर्दा कहिले के भनेर झुलाउने, कहिले थर्काउने गरेको उनीहरुको भनाइ छ ।
आज पारिश्रमिक माग गर्दै हस्ताक्षर गर्नेमा टेलिभिजन छोडेको २ वर्षदेखि ६ महिना समय बिति सकेकासम्म छन् । आफुहरुले दिएको समयसीमा भित्र पारिश्रमिक नपाए आन्दोलनका थप कार्यक्रम गर्ने उनीहरुले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #एभिन्यूजको पूर्वकर्मचारी आन्दोलित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्