सिटौलाको अध्यक्षतामा तारकेश्वर नगर खेलकुद समिति गठन
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका भित्र खेलकुद क्षेत्रको बिकास र बिस्तार गर्ने उद्देश्यसाथ तारकेश्वर नगर खेलकुद समिति गठन गरिएको छ ।
वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौलाको अध्यक्षतामा ७ सदस्यीय नगर समिति गठन गरिएको हो ।
नगरसमितिको पदाधिकारीहरुमा उपाध्यक्ष माधव बद्री फुँयाल , सदस्य सचिवमा शिक्षा शाखाका अधिकृत पदम खत्री रहेका छन भने सदस्यहरुमा गौरी शंकर राणा , प्रमेश धिताल ,राजु के.सी , अनु अधिकारी छन ।
अनु अधिकारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अर्तगत करातेबाट गोल्ड मेडलिस्ट हुन ।
सामाजिक एकता र समृद्धिको आधार रहेको खेलकुद क्षेत्रको बहुआयामीक बिकासका निम्ति तारकेश्वर नगर खेलकुद समितिले भौगोलिक अवस्था हेरेर १ वडा १ खेल मौदान निर्माण गरि नगरभित्रका खेलकुद र खेलाडीहरुको लगत संकलन गरेर खेलकुद क्षेत्रलाई प्रभावकारी बनाउने अध्यक्ष बलराम सिटौलाले बताए ।
पछिल्लो समय तारकेश्वर खेलकुद हवका रुपमा चिनिन थालेको छ । एकपछि अर्को राष्ट्रिय स्तरका प्रतियोगितामा छनौट हुनका लागि युवा खेलाडी प्रोत्साहन , अभ्यास , प्रशिक्षण जस्ता कार्यहरु अघि बढाउन नगर खेलकुद समितिको प्रयास रहने अध्यक्ष सिटौलाले बताए ।
सवैलाई एकताबद्ध बनाएर तारकेशवरको नाम राख्दै राम्रा खेलाडी उत्पादन गर्न समितिले महत्वपूण भुमिका खेल्ने खेलकुद समितिको अपेक्षा छ । पछिल्लो समय देभभरी नै युवाहरु विभिन्न कुलतमा फस्नेक्रम बढेको र पालिकाभित्रका युवाहरुलाई एकताबद्ध र अनुशासित बनाउन समितिले कदम चाल्ने विश्वास खेलकुद समितिको रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगर खेलकुद समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्