पत्रकारलाई कारवाही सिफारिसबारे खुलाई पठाउन काउन्सिलको अनुरोध

नेपाल पत्रकार महसङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटीरूपमा पत्रकारलाई कारवाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ । सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका नै नदिई एकपक्षीयरूपमा महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले आफूमाथि कारवाहीका लागि जारी गरेको पत्रप्रति दुःख व्यक्त गर्दै पत्रकार नवराज धानुकले दिनुभएको निवेदनका आधारमा काउन्सिलले सो विषयमा खुलाई पठाउन आग्रह गरेको हो ।
पत्रकार धानुकले काउन्सिलमा प्रस्तुत गर्नुभएको उजुरी निवेदनमा भनिएको छ, “पत्रकारकै संस्था, पत्रकारकै हकहितका लागि आवाज उठाउन छोडी स्वतन्त्ररूपमा पत्रकारिता गर्दै आएको श्रमजीवी पत्रकारको जागिर जाँदासमेत कुनै समन्वय र छलफलबिना एकलौटीरूपमा कारवाहीका लागि गरिएको सिफारिसप्रति आवश्यक छानबिन गर्न अनुरोध गर्दछु ।” पत्रकार धानुकले आगामी दिनमा त्यस किसिमको गल्ती नदोहो¥याउने र पत्रकारिताको उच्च सम्मान गर्ने प्रतिबद्धता गर्दै महासङ्घ कञ्चनपुरले खेलेको भूमिकाप्रति थप छानबिन गर्न र आफूलाई न्याय दिन अनुरोधसमेत गरेका छन् ।
काउन्सिलका उपप्रशासकीय अधिकृत तथा आचारसंहिता अनुगमन उपसमिति (विद्युतीय) का सचिव रामशरण बोहोराले सोमबार पठाउनुभएको पत्रमा “उक्त विषयमा के–कसो भएको हो ? खुलाई पठाउन अनुरोध गरिन्छ”, भनिएको छ ।
विगत लामो समयदेखि पत्रकारिताको आचारसंहिता र मापदण्डलाई उच्च सम्मान गर्दै विभिन्न क्षेत्रमा हुँदै आएको भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिका विषयमा बोल्दै आइरहेको बेला परिस्थितिअनुरुप हुन गएको गल्तीका बारेमा सार्वजनिकरूपमा माफी र क्षमायाचना माग्दामाग्दै पनि अतिरञ्जित गर्दै आफूविरुद्ध भएको षड्यन्त्रका कारण थप पीडित हुनुपरेको पत्रकार धानुकको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल पत्रकार महसङ्घ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्