टोखालाई प्राप्त तिब्बतको स्वास्थ्य सामाग्रीहरु स्थानिय विद्यालयहरुलाई हस्तान्तरण
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानुमाया डंगोल वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले भगिनी सम्बन्ध गरेर चीनको नाक्सु नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सामाग्री आइतबार टोखाका स्थानिय बिध्यालयहरुलाई प्रदान गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख प्रकास अधिकारीले कोरोना भाइरस ९कोभिड १९० को रोकथाम तथा नियन्त्रण र विद्यार्थीहरुलाई पढाउन सहयोग पुर्याउने उद्देश्यले विद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको बताएका थिए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य दिपक निरौलाले टोखा नगरपालिकाले नगरको विकास र समृद्धिका लागि गरेका कार्यहरुको प्रशंशा गर्दै कोभिड १९ को रोकथाम, नियन्त्रण र अनलाइन कक्षा सञ्चालनका लागि स्वास्थ्य सामाग्रीले विद्यालयहरुलाई महत्वपूर्ण सहयोग पुर्याउने विस्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले विद्यालयहरुलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रण र अनलाइन शिक्षा प्रदान गर्न सहज होस् भनेर नगरपालिकाले स्वास्थ्य सामाग्री प्रदान गरेको बताएकि छन ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु मधुसुदन पाण्डे, जगन्नाथ ढकाल, जोग प्रसाद नेपाल, नगर कार्यपालिका सदस्यहरु कल्पना घिमिरे र उर्मिला विश्वक्रर्मा लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु र विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
यसअघि प्राप्त स्वास्थ सामाग्रीहरु नगरपालिकाले सम्बन्धित वडा कार्यालय र स्वास्थ चौकीहरुलाई प्रदान गरेको थियो ।

भिडियो हेर्नुहोस
https://www.facebook.com/sajhapana/videos/273975890511775/
क्याटेगोरी : समाचार
ट्याग : #टोखा, #स्वास्थ्य सामाग्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्