Techie IT
आईतबार, माघ १३,२०८१

टोखालाई प्राप्त तिब्बतको स्वास्थ्य सामाग्रीहरु स्थानिय विद्यालयहरुलाई हस्तान्तरण


टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानुमाया डंगोल वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले भगिनी सम्बन्ध गरेर चीनको नाक्सु नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सामाग्री आइतबार टोखाका स्थानिय बिध्यालयहरुलाई प्रदान गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख प्रकास अधिकारीले कोरोना भाइरस ९कोभिड १९० को रोकथाम तथा नियन्त्रण र विद्यार्थीहरुलाई पढाउन सहयोग पुर्याउने उद्देश्यले विद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको बताएका थिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य दिपक निरौलाले टोखा नगरपालिकाले नगरको विकास र समृद्धिका लागि गरेका कार्यहरुको प्रशंशा गर्दै कोभिड १९ को रोकथाम, नियन्त्रण र अनलाइन कक्षा सञ्चालनका लागि स्वास्थ्य सामाग्रीले विद्यालयहरुलाई महत्वपूर्ण सहयोग पुर्याउने विस्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले विद्यालयहरुलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रण र अनलाइन शिक्षा प्रदान गर्न सहज होस् भनेर नगरपालिकाले स्वास्थ्य सामाग्री प्रदान गरेको बताएकि छन ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु मधुसुदन पाण्डे, जगन्नाथ ढकाल, जोग प्रसाद नेपाल, नगर कार्यपालिका सदस्यहरु कल्पना घिमिरे र उर्मिला विश्वक्रर्मा लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु र विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

यसअघि प्राप्त स्वास्थ सामाग्रीहरु नगरपालिकाले सम्बन्धित वडा कार्यालय र स्वास्थ चौकीहरुलाई प्रदान गरेको थियो ।

भिडियो हेर्नुहोस


क्याटेगोरी : समाचार
ट्याग : #टोखा, #स्वास्थ्य सामाग्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
6:51 am5:40 pm +0545