खाँदबारी र चिचिलाको बजेट पेश
खाँदबारी नगरपालिकाको सातौ नगर सभामा ६१ करोड ८३ लाख ७० हजार बराबरको बजेट पेश भएको छ । त्यस्तै चिचिला गाँउपालिकाले २६ करोड ३१ लाखको बजेट गाउँसभामा पेश गरेको छ । खाँदबारीले आज सम्पन्न नगरसभामा कोरोना संक्रमण नियन्त्रण गर्न विशेष प्राथमिकतामा राखिएको छ । कोभिड–१९ लक्षित कार्यक्रममा संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षणका लागि आवश्यक औषधि तथा उपकरण र परामर्शदाताहरुसहितको मोबाइल क्लिनिक चलाउने, वडाहरुमा सञ्चालित होम क्वारेन्टाइनलाई व्यवस्थित गराउने भन्ने रहेको छ ।
झन्डै २ दर्जन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बाडफाड गरिएको प्रमुख मुरारीप्रसाद खतिवडाले बताउनुभयो । सहरी सौन्दर्यतालाई व्यवस्थीत गर्ने, बस्ती विकास र अधुरा योजनालाई पनि प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याउने छ । आर्थिक उपार्जनमा आत्मनिर्भर, सदरमुकाम खाँदबारी र आसपासका क्षेत्रमा अरुण नदीबाट पानी लिफ्टिङ्ग सिस्टमबाट ल्याईने जस्ता योजना अघि सारिएको छ । आगामी असार १८ मा बजेट पारित गरिने छ ।
चिचिला गाँउपालिकाले पनि कोरोना नियन्त्रण, भवन निर्माण, सडक, कृषि तथा पशुपंक्षि, महिला तथा वालवाललिका लगायतका क्षेत्रमा बजेट पेश गरिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्