बर्दिया पिसिआर मेसिन स्थापना गर्न माग
काठमाडौँ । बर्दिया जिल्लामा कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराउन माग गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग सांसद तुल्सा थापाको नेतृत्वमा गएको टोलीले बर्दियामा कोभिड १९ परीक्षण गराउनका लागि पिसिआर मेसिन राख्न माग गरेका हुन् ।
उक्त मेसिन स्थापना गर्न विहिबार मन्त्रालयमा सासद थापा सहित सांसद सन्तकुमार थारु, विमला विक समेत गएका थिए ।
भेटमा मन्त्री ढकालले यहि असार १५ गतेदेखि दैनिक १० हजारका दरले परीक्षण गराउने तयारी भइरहेको बताए ।
यसअघि सांसद थापाको पहलमा बर्दियाका जनतालाई स्वास्थ्य सामाग्री व्यक्तिगत सुरक्षा कवच (पिपिई), सेनिटाइजर, पन्जा, एन ९५ मास्क लगायतका सामाग्री प्रदान गरिएको थियो ।
भारतसंग सिमाना गरिएको बर्दियाका अधिकांश मानिस रोजगारीका लागि भारत जाने गरेका छन् । अहिले ति मानिस फर्किएकोले कोभिड १९ परीक्षण गराउनु आवश्यक रहेको देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तुल्सा थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्