तिनपिप्ले ओखरपौवा त्रिशुली सडक हिलाम्मे , यात्रुलाई सास्ती
नुवाकोट।बालाजु तिनपिप्ले ओखरपौवा रानिपौवा हुँदै त्रिशुली जाने बाटो यति बेला हिलाम्मे बनेको छ । विगत लामो समय सम्म पासाङलामु राजमार्गको स्तरउन्नतीको ठेक्का पाएका ठेकेदार सार्दा मुडवरीले समयमै कार्य सम्पन्न नगरेको कारण यो बाटोको अवस्था दहनिय हुँदे गएको हो ।
बिगत ४ बर्ष देखी सडक बिस्तारको नाममा यो सडक अलपत्र परेको छ । हिउँदमा धुलो र बर्खामा हिलो खेप्न याँहाका स्थानिय बासीहरु बाध्य छन ।
बर्खालागे सगै यो सडक हिड्न समेत कठीन छ । सडकमा गाडीहरु अलपत्र परेका देखिन्छन भने कतै मोटरसाइकल बोकेरै लैजानु पर्ने अवस्था छ ।
दैनिक सवारी साधनको भीड हुने सडकमै खोलो बग्ने गरेको छ । जलमग्न सडकका कारण सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ । खोलो र सडक छुट्याउन हम्मे पर्छ ।
सडकमा खाल्डाखुल्डी धेरै छन् । पानी पर्नासाथ खाल्डाखुल्डी पानीले भरिन्छन् । जसले दुर्घटनाको जोखिम बढाएको छ ।
हिउँदमा धुलो र वर्षातमा हिलोले गर्दा समस्या छ । ठेक्काको समय सकिए पनि कामले गति लिन सकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #तिनपिप्ले ओखरपौवा त्रिशुली सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्