संखुवासभाको मकालुमा पहिरोले अरुण नदी थुनियो, ७ जना विस्थापित

संखुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडामा पर्ने ओयाङ्गमा पहिरो खसेपछि आशिंक रुपमा अरुण नदी थुनिएको छ । आईतबार गएको पहिरोले १ परिवारका ७ जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारीएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लका अनुमार करिव ६ सय मिटर माथिबाट झरेको पहिरोले अरुण नदी थुनिदा करिव ३ सय मिटर पानीजमेर ड्याम बनेको छ । पहिरोले प्रकाश राईका ७ जनाको परिवार विस्थापित भएका हुन् ।
स्थानीय हिरालाल राईको घर र विर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गररिएको डिएसपी मल्ले बताउनुभयो । विस्तृत जानकारी आइसकेको छैन । प्रहरीले अरुण नदी आसपास बस्ती रहेको अरुण तेश्रो आयोजनाको पावरहाउस स्थल पुखुवा आसरपास र हेलुवाबेसी, चेवाबेसी, मनकामना लगायतका क्षेत्रका स्थानीयलाई अरुण नदी आसपास नजान र सर्तक भएर बस्न आग्रह समेत गरेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्