संखुवासभामा पनि कांग्रेसले बुझायो ज्ञापन पत्र

नेपाली कांग्रेस जिल्ला कार्य समिति संखुवासभाद्वारा आज प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मालाई १२ बुँदे ज्ञापन पत्र हस्तान्तरण गरिएको छ ।
जिल्ला सभापति दीपनकुमार श्रेष्ठद्धारा जारी ज्ञापनपत्रमा कोभिड १९ सँग सम्बन्धित रहेर जोखिम न्यूनिकरणमा तत्कालिन एवं दीर्घकालिन नकारात्मक प्रभाव पार्ने विपदबाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्न सुझाव दिईएको छ । सरकारले लकडाउन लाई प्रभावकारी उपयोग गरेर राष्ट्रिय विपत्तिमा स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता गराउँदै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई समेत विशेष सुरक्षा अपनाएर अगाडि बढ्न सुझाब दिईएकोे छ ।
त्यस्तै गरी ७७ वटै जिल्लामा पीसिआर टेष्ट स्थापना गर्न, दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न सुझाउँदै ज्ञापन पत्र बुझाएको संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जानकारी गराउनु भयो । नेपाली कांग्रेस संखुवासभाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थितिमा सामाजिक दुरी कायम गर्दै प्रजिअ मार्फत ज्ञापनपत्र बुझाइएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्