काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिए
सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमित






तपाईको कमेन्ट लेख्नुहोस्