Techie IT
सोमबार, चैत्र १०,२०८१

टोखालाई प्राप्त तिब्बतको स्वास्थ्य सामाग्रीहरु आज वडा कार्यालयलाई हस्तान्तरण


नेपाल र चीनको सिमानामा मितेरी पुल । आफूले भगिनी सम्बन्ध गरेरको चीनको नाक्सु नगरपालिकाले स्वास्थ्य सामाग्री दिने भएपछि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानुमाया डंगोल सहित पुगेका थिए ।

उनीहरु त्यहाँ पुग्दा नाङ्सु नगरपालिकाका उपप्रमुख सहितको टोली पनि टोखा नगरपालिकालाई सामाग्री दिन तातोपानी भन्सार आइपुगेका थिए ।
कोरोना भाइरसका कारणले नाङ्सु नगरपालिकाका प्रमुख प्रमुख चाइ रेन लाङ जोङ नआएपछि उपमेयर आएका थिए । कोरोना भाइरसका कारण उनीहरुबीच भेट नभएपछि सामाग्री हस्तान्तरण भने भयो ।

तिनै उपप्रमुखले टोकाका प्रमुख अधिकारीलाई करिव एक करोड ६८ लाखको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामाग्रीलाई प्रदान गरेका थिए ।
कोरोना भाइरसका कारणले उपप्रमुख मितेरी पुलपारि र अधिकारी वारिबाट भिडियो कन्फरेन्सबाट सामाग्री हस्तान्तरण गरेका थिए । कोरोना सर्ने डरले दुवैले भिडियो कन्फरेन्स गरेका थिए ।

यस्र बिच तिब्बतको नाग्छु नगरपालिकाबाट टोखा नगरपालिकालाई सहयोग स्वरुप प्राप्त केही स्वास्थ्य सामाग्रीहरु आज नगर प्रमुख प्रकाश अधिकारी तथा उपप्रमुख ज्ञानमाया डंगोल द्धारा मातहतका सबै वडा कार्यालयलाई हस्तान्तरण गरिएको मेयर प्रकाश अधिकारीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखालाई प्राप्त तिब्बतको स्वास्थ्य सामाग्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:01 am6:18 pm +0545