बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न परिवारहरुलाई कुँवरको सक्रियतामा राहत सामग्री वितरण हुँदै आइरहेको हो ।
लक डाउन अवधिभर मानबिय कार्यमा सक्रिय महेशजंग
बुधवार बालाजु आसपासमा रहेका विपन्न परिवारलाई कुँवरको सक्रियत र समाजसेवी कविता केसीको संयोजकमा काठमाडौको म्हैपी मन्दिरमा चामल, दाल, आलु, नुन, तेल, साग जस्ता खाद्यान्न सामग्रीहरु राहत वितरण गरिएको छ ।
यसमा बिशेष सहयोगीको रुपमा छोरीको लागि छोरी अभियानकी संयोजक शोभा थापा, सामाजिक अभियन्ता ओम श्रेष्ठले रहेका थिए । पत्रकार दिपक घिमिरे लगायतको सहभागिता रहेके थियो ।
नेपाल सरकारले राहत वितरणका लागि विभिन्न प्रयास गर्दा समेत गरीब तथा बिपन्न वर्गको पहुँच भन्दा बाहिर रहेको परिवारलाई समेट्ने उद्येश्यले गरिएको यो कार्य अत्यन्तै सराहनिय रहेका स्थानीय हरुका तर्क रहेका छन ।
यस अघि पनि नागरिक बिकास विभिन्न ठाँउमा भोजन, मठ मन्दिर, आश्रमहरुमा निरन्तर सहयोग गर्दै आईरहेको छ ।
यसै गरि लक डाउन अवधिभर मानबिय कार्यमा आफू सक्रिय रहेको उनी बताउछन ।
क्याटेगोरी : समाचार
ट्याग : #महेशजंग






तपाईको कमेन्ट लेख्नुहोस्