एकै दिन २७९ संक्रमित थपिए
काठमाडौं । कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २७९ कोरोना संक्रमित थपिएका छन् ।
जसमा २५७ पुरुष रहेका छन् भने २२ महिला रहेका छन् । कुल कोरोना संक्रमितको संख्या चार हजार ३६४ रहेको छ । जसमा ४ हजार ५५ पुरुष रहेका छन् ३०९ जना महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट आज ९० जना निको भएका छन ।
विभिन्न अस्पतालमा ८८ पुरुष र दुई जना महिलो पूर्ण रुपमा निको भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म ६७४ जना डिस्चाज भइसकेका छन । तिमध्ये ५९५ जना ७९ महिला रहेका छन ।
हालसम्म देशभर १ लाख १० हजार ७४४ जनाको पीसीआर परीक्षण गरएको छ भने १ लाख ७२ हजार ८८० जनाको आरडीटी परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको छ
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्