Techie IT
सोमबार, चैत्र १०,२०८१

वसुन्धाराको यति पार्टी प्यालेसमा म्यानमारबाट उद्दार गरिएका नेपालीलाई राखीयो


२३ जेठ, काठमाडौं । म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपाली सेनाले वसुन्धारातर्फ लगेको छ । उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।

त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो । यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ ।

कोरोना परीक्षण नगरिएकाको हकमा सम्बन्धित प्रदेशमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने सरकारी तयारी छ ।

सैनिक स्रोतका अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #म्यानमारबाट उद्दार गरिएका नेपाली, #यति पार्टी प्यालेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:01 am6:18 pm +0545