विपतमा काम गर्ने राष्ट्रसेवकको मनोवल उठाउन आधिकारिक ट्रेड युनीयनको आग्रह
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनीयनले कोभिद १९ को महामारीको बेला पारीवारिक जिम्मेवारीलाई थाती राख्दै अहोरात्र खट्ने राष्ट्रसेवक कर्मचारीको मनोवल बढाउने काम गर्न सरकार र आम नागरिक समुदायमा आग्रह गरेको छ ।
पछिल्ला दिनमा कर्मचारीहरुमाथि बढेको आक्रमण, दुव्र्यवहार, अपमान र मनोवल गिराउने विविध क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक ट्रेड युनीयनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले राष्ट्रसेवकको सामाजिक, पेशागत र कार्यस्थलको सुरक्षाका लागि सरकारसंग माग गर्नुभएको छ ।
पोखरेलले विहिबार एक विज्ञप्ती जारी गर्दै शिखर नगरपालिका डोटीमा कार्यरत अहेव रमेश कुँवर, वैरिया मदरसा क्वारेन्टाइनमा कार्यरत स्वास्थ्य संयोजक खुर्सेद आलम लगायत तीन स्वास्थ्यकर्मी, भैरवी गाउँपालिकामा कार्यरत हिरासिंह थापामाथि भएको आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #आधिकारिक ट्रेड युनीयन, #भोलानाथ पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्