समस्यामा परेका भोजपुरेलाई तरुण उपाध्यक्ष चापागाईको सहयोग

नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले काठमाडौंमा रहेका भोजपुरबासीहरूलाई राहत वितरण गरेका छन् ।
युवा नेता चापागाइँले बुधबार काठमाडौं गौरीघाटमा राहत वितरण गरेका हुन् । उनले १६ परिवारलाई एक-एक बाेरा चामलका साथै १ लिटर खाने तेल, १ किलो नुन र २ किलो दाल उपलब्ध गराएका छन् ।
भोजपुर जिल्लाको उत्तरी क्षेत्रबाट काठमाडौं उपत्यकामा बसेर दैनिक ज्यालादारी, मजदुरी गर्नेहरूलाई खाद्यान्न सहयोग गरेका छन् ।
लकडाउनका कारण मजदुर र अति विपन्न परिवारहरू समस्यामा परेका थिए । उनीहरूले काठमाडौंमा रुद्राक्षमा प्वाल पार्ने तथा रुद्राक्षलाई धुने काम गर्दै आएका थिए ।
लकडाउनका कारण सबै पेसा व्यवसाय बन्द भएपछि मजदुरहरू समस्यामा परेका थिए ।
चापागाइँ सेवा समाजको सहयोगमा युवा नेता चापागाइँले खाद्यान्न वितरण गरेको बताए । राहत वितरणमा सहयोग गर्ने समाजसेवी सुरेश श्रेष्ठालाई तरुण उपाध्यक्ष चापागाइँले धन्यवाद दिएका छन् ।
कांग्रेसका युवा नेता चापागाइँले यसअघि पनि भोजपुर जिल्ला घर भई काठमाडौं उपत्यकामा मजदुरी गर्दै आएका परिवारहरूलाई खाद्यान्नसहितको सहयोग गरिसकेका छन् ।
उनले एक महिना अगाडि आफ्नो गृहजिल्ला भोजपुरमा पनि प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिमार्फत मास्क, पीपीई, स्यानिटाइजरसहितका सामग्री हस्तान्तरण गरिसकेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्