प्रेस संगठन संखुवासभाद्धारा पत्रकार महासंघलाई ज्याकेट हस्तान्तरण

संखुवासभा – प्रेस संगठन नेपाल संखुवासभाले नेपाल पत्रकार महासंघलाई ज्याकेट हस्तान्तरण गरेको छ । पत्रकार कृष्णसेन इन्छुकको १७ औँ स्मिृति दिवसको अवसर पारेर संगठनले २५ थान ज्याकेट हस्तान्तरण गरेको हो । विश्वमा फैलिएको महामारी कोविड १९ (कोरोना भाइरस) को रिपोर्टिङको क्रममा पत्रकारको पहिचानको लागि प्रेस लेखिएको ज्याकेट हन्तान्तरण गरेको संगठनले जनाएको छ ।
पत्रकार महासंघलाई ज्याकेट हस्तान्तरण गर्दै प्रेस संगठन संखुवासभाका संयोजक अनिस विष्टले जिल्लामा क्रियासिल रुपमा खटिने पत्रकारहरुलाई रिपोर्टिङको क्रममा जिल्लाका जुनसुकै ठाउँमा वा बाहिर जिल्लामा जादा समेत पहिचानमा असहज नहोस भन्ने उद्देश्यले ज्याकेट वितरण गरेको बताउनुभयो ।

ज्याकेट ग्रहण गर्दै पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले प्रेस संगठनलाई धन्यवाद दिनुभयो । जिल्लामा पत्रकारको पहिचानमा केहि समस्या भएको भन्दै असजतालाई सहजता तिर बदल्नको लागि प्रेस संगठन अग्रसर रहेकोमा अध्यक्ष गिरीले धन्यवाद दिनुभयो । ज्याकेट क्रियासिल २५ पत्रकारलाई वितरण गर्दै अध्यक्ष गिरीले पत्रकारको पहिचानलाई दुरुपयोग नगर्न समेत पत्रकारहरुलाई निर्देशन दिनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #कोभिड १९, #कोरोना भाइरस, #प्रेस सङ्गठन नेपाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्