आइतबार एकैदिन काेराेना पुष्टि भएका १६६ जना कहाँका हुन् ?

नेपालमा आइतबार एकैदिन एक सय ६६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । योसँगै सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय ६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रादेशिक प्रयोगशाला पोखरामा गरिएकाे परीक्षणमा तनहुँ रिसिङका एक र स्याङ्जा गल्याङका दुई जनामा सङ्क्रमण देखिएको छ ।
नारायणी अस्पताल वीरगञ्जमा गरिएकाे परीक्षणमा पर्सा पटेर्वा सुगौलीका पाँच जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १३ जना कालीकोटको शुभकालिकाका रहेका छन् ।
कालीकोटकै महवी गाउँपालिकाका पाँच जना, दैलेख दुल्लु, रातापानी र साधुकाका एक/एक जना, नारायण नगरपालिकाका नाै जना, दैलेखकै देवलकानका पाँच जना र बाजुराका जुजनाथका एक जना रहेका छन् ।
सुर्खेतमा गरिएको परीक्षणमा २६ जनामा सङ्क्रमण देखिएकोमा सल्यान कुपिन्डेका २५ जना र सुर्खेतका एक जना छन् । धुलिखेलमा भएको परीक्षणमा कपिलवस्तुका एक जनामा कोरोना देखिएको छ ।
भेरी अस्पतालमा गरिएकाे परीक्षणमा बाँकेको नरैनापुरका दुई जना, खजुराका एक जना, नेपालगञ्जका चार जना र बैजनाथका एक जना गरी आठ जनामा काेराेना सङ्क्रमण देखिएको छ ।
धरानमा गरिएको परीक्षणमा सप्तरी राजगढका १२ जनामा कोरोना देखिएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलाली भजनीका एक जना, जानकीका एक जना, त्रिनगरका एक जना र बाजुराका दुई जनासहित पाँच जनामा कोरोना देखिएको छ ।
कोशी अस्पतालमा गरिएको परीक्षणमा झापा गौरीगञ्जका चार र विराटनगरका एक गरी पाँच जनामा कोरोना देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये धनुषाको मुखियापट्टी क्वरेण्टीनमा रहेका २१ जना, कपिलवस्तु महाराजगञ्जका चार जना, रौतहटको क्वरेण्टीनमा रहेका २९ जना र सर्लाहीका १० जना रहेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्