कोरोना सङ्क्रमणबाट ललितपुर बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु
जेठ १५ काठमाडौ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो ।
योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको उहाँले बताउनुभयो । यसअघि बारा, सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक–एकजनाको मृत्यु भएको थियो ।
यही जेठ ११ गते अस्तपालमा भर्ना भएका मृतकको जेठ १२ गते नमूना सङ्कलन गरी कोभिड–१९ परीक्षणका क्रममा सङ्क्रमण भएको पृष्टि भएको हो । उनमा कलेजोसम्बन्धी रोग रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना सङ्क्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्