कोरोना उपचारमा पोषणबिदलाई समावेश गर्न विद्यार्थी समाजको माग
स्वस्थकर सन्तुलित भोजन र उचित पोषणमार्फत रोगप्रतिरोधात्मक क्षमता बढाएर मात्रै कोरोनामाथी जित हासिल गर्न सकिने भन्दै कोरोनाको उपचारमा पोषणबिदलाई समावेश गराउन नेपाल पोषण तथा आहार बिज्ञान विद्यार्थी समाजले माग गरेको छ ।
संस्थाले बिहीवार प्रेस बिज्ञप्ति जारी गर्दै कोरोना उपचारमा हालसम्म औषधि खोप तयार नभएको र रोगसङ्ग लड्न पौष्टिक तत्वको मुख्य भुमिका रहने बताएको छ । उच्च जोखिममा हुने भन्दै क्वारेन्टिन र आईसोलेसनका मानिसमा उचित पोषण नपुग्दा कोरोना लाग्ने खतरा झन बढेको र उपचाररत बिरामीलाई पनि रोगअनुरुपको डाइट प्लान गरेर चाडो निको पार्न सकिने bhanda पोषणबिदलाई तत्काल परिचालन गर्नुपर्ने बिज्ञप्तिमा उल्लेख छ ।
लकडाउनका कारण २५% भन्दा बढी गरिबीको रेखामुनि रहेको जनसंख्यासाथै अन्य बर्गका गर्भवती महिला , शिशु, स्तनपान गराईरहेकी आमा, बालबालिका, किशोरीहरुमा आवश्यक पोषण पुग्न नसकेका कारण आगामी दिनमा कुपोषणको समस्या झन बिकराल बन्ने कुरा संस्थाले जोड दिएको छ ।
स्वास्थ्य नियमावली, २०५५ मा पाचौं देखी दसौं तहसम्मका पोषणबिद तथा डाइटिसियन ब्यबस्था भए पनि केन्द्रदेखी प्रदेशसम्म कहिकतै कार्यान्वयनमा नआएका कारण ३०० बढी दक्ष जनशक्ति बेरोजगार बस्नुपरेको हो । जसमा प्रत्येक ५० शैयाको अस्पतालमा १ जना डाइटिसियन अनिवार्य राख्नुपर्ने प्रावधान पनि रहेको देखिन्छ ।
कोरोना उपचारमा तत्काल टास्क फोर्स, कोरोना ट्रेसिङ टिम तथा उपचार गरिरहेको अस्पतालमा पोषणबिदको ब्यबस्था गर्नुपर्ने र कोरोना साम्य भएपस्चात देखिने मुल कुपोषणको चुनौती नियन्त्रणका लागी उपयुक्त निति ल्याएर भएका ब्यबस्था अबिलम्ब कार्यान्वयन गर्नुपर्ने कुरा संस्थाले माग गरेको छ ।
उक्त पोषण तथा आहार बिषय नेपाल सरकारको निर्देशन तथा राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनअनुरुप त्रिभुवन बिश्वबिद्धालयअन्तर्गत केन्द्रिय प्रविधि क्याम्पस धरानमा २०६७/६८ देखी निरन्तर अध्यापन हुदै आईरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्