आरुघाट, लार्के सडकको खोर्लाबेसी–तातोपानी खण्डमा सुख्खा पहिरो, आवतजावत ठप्प
गोरखा । मंगलबार राती झरेको सुख्खा पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएको छ । धार्चे ३ खोर्लाबेसी र तातोपानीको बीच लुस्य्राङ खोलामा झरेको पहिरोले बाटो अबरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
बाटो अबरुद्ध हुँदा धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका बासिन्दा तथा पर्यटक आवतजावत गर्न कठिनाइ भएको छ । साथै उत्तरी गोरखाका लागि खाद्यान्न लगायतका सामान ढुवानी गर्न जीप तथा खच्चड समेत रोकिएको छ ।
‘हिँजो बेलुका र राती दुईपटकसम्म सुख्खा पहिरो झरेको रहेछ’, उनले भने, ‘नेपाली सेनाले सडक निर्माण गर्ने क्रममा बम बिस्फोट गरेर पहरा फुटाउँदा अड्केका ढुंगाहरु सडकमा झरेका छन् । सडक पनि तल भासिएको छ । तलबाट पनि पर्खाल लगाउनु पर्ने भएको छ, माथि पनि थप बिस्फोट गरेर खोल्नु पर्ने भएको छ ।’ अबरुद्ध बाटो तत्काल खुलाउन नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टसित छलफल भएको उनले बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##गोरखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्