Techie IT
शुक्रबार, फागुन १,२०८२

तारकेश्वर वडा नं. ४ मा एमालेको प्यानलनै विजयी


१ जेठ, काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नरेन्द्रदास श्रेष्ठको प्यानल नै विजयी भएको हो ।

श्रेष्ठले ७८५ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ६५० मत ल्याएका छन ।

मेयरमा तारकेश्वर ४ मा सूर्यले ७०५ मत प्राप्त गर्दा रूखले ६९४ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ६४७ मत प्राप्त गर्दा रुखले ६२४ मत प्राप्त गरेको छ । तारकेश्वर ४ मा १९७६ मत खसेको भएपनि ४७ मत मात्र बदर भएको थियो ।

यस्तो छ मतपरिणाम :

         सूर्य        रुख
मेयर     ७०५     ६९४
उपमेयर ६४७    ६२४
वडाध्यक्ष  ७८५        ६५०
महिला सदस्य ७५५     ५६४
दलित सदस्य ७६६      ५७५
खुला सदस्य ७०८      ५९१
खुला सदस्य ७०२      ५८३


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर वडा नं. ४


तपाईको कमेन्ट लेख्नुहोस्